सशस्त्र प्रहरी निरीक्षक सहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक सहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगाँवा, रुपन्देहीका सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित दुई जनाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।
ढकाललाई कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यमबहादुर खत्रीलाई भारतबाट कर छली गरेर सामान ल्याउन सहजीकरण गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।
खत्रीलाई १५ हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनीहरूले आपसी मिलेमतोमा तथा योजनामा भारतबाट रुपन्देहीको दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउन सहजीकरण गरिदिने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण