शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

को–को सहभागी छन् राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको बैठकमा ?

शुक्रबार, २४ असोज २०८२, १६ : ४५
शुक्रबार, २४ असोज २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनबारे छलफल गरिरहेका छन्।
  • शीतल निवासमा भएको छलफलमा अन्तरिम सरकारका प्रधानमन्त्री र विभिन्न दलका नेताहरूको सहभागिता रहेको छ।
  • छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलका नेताहरु सहभागी छन्।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले सरकार र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग निर्वाचनबारे छलफल गरिरहेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भइरहेको छलफलमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्री सहभागी रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र  महासचिव धनश्याम भुसाल सहभागी छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट रेणु यादव, जनमत पार्टीबाट डा.चन्द्रकान्त राउत र डा.जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप