आज काठमाडौँमा र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न रोक
सारांश
- काठमाडौं जिल्ला प्रशासन कार्यालयले र्याली तथा प्रदर्शनमा रोक लगाएको छ।
- प्रशासनले शान्ति सुरक्षा कायम राख्न, सार्वजनिक सम्पत्ति जोगाउन र सेवा प्रवाहलाई सहज बनाउन यस्तो निर्णय लिएको हो।
- स्थानीय प्रशासन ऐन २०२८ र प्रहरी ऐन २०१२ अनुसार यस्तो निर्णय गरिएको बताइएको छ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज काठमाडौँमा र्याली तथा प्रदर्शन जस्ता कार्यक्रम गर्न रोक लगाएको छ । विभिन्न समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्याली तथा सभा–प्रदर्शनहरूमा प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको हाे ।
गत भदौ २३ गतेको जेनजी आन्दोलन पछिका दिनहरूमा तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेका घटनाको स्मरण गराउँदै प्रशासनले शान्ति–सुरक्षा कायम राख्ने, सार्वजनिक सम्पत्ति जोगाउने र सेवा प्रवाहलाई सुचारु राख्ने कार्यमा प्रशासन केन्द्रित रहेको जनाएको छ।
कार्यालयले जारी गरेकाे सूचनामा भनिएको छ, ’विभिन्न समूहहरूबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन थप जटिलता सिर्जना गर्न सक्ने भएकाले यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ।’
जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३(क) र प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम यस्तो निर्णय गरिएको कार्यालयले स्पष्ट गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण