एनआरएनएको दाबी : गैरआवासीय नेपालीहरूको एक खर्बभन्दा बढी लगानी नेपाल भित्रियो
सारांश
- एनआरएनएले नेपालमा एक खर्बभन्दा बढी लगानी गरेको तथ्याङ्क सार्वजनिक गरेको छ।
- अध्यक्ष डा. बद्री केसीले नेपालको अर्थतन्त्र सुधारका लागि जोड दिँदै लगानी बढाउने प्रतिबद्धता व्यक्त गरे।
- एनआरएनएले शिक्षा, बैंकिङ, कृषि, हाइड्रो लगायतका विभिन्न क्षेत्रमा लगानी गरेको जनाएको छ।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा करिब एक खर्ब रुपैयाँभन्दा बढी को लगानी भित्र्याएको तथ्याङ्क सार्वजनिक गरेको छ।एनआरएनएले आफ्नो २२ औँ स्थापना दिवस को अवसर पारेर शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले नेपालको अर्थतन्त्रमा ठुलो सुधार ल्याउनका लागि आफूहरूले जोड दिएको बताए। उनले गैरआवासीय नेपालीहरूले आफूले सिकेको सीपको पनि नेपालमा अधिकतम उपयोग गर्न सक्दो प्रयास गरिरहेको जानकारी दिए। अध्यक्ष केसीले नेपालमा लगानी बढाउन आफूहरू प्रतिबद्ध रहेको बताए।
उनले भने, ‘हामीले कमाएको केही अंश मात्रै पनि नेपालमा पठायौँ भने नेपालको अर्थतन्त्रमा धेरै ठुलो सुधार हुन्छ भन्ने हाम्रो पहिलो एजेन्डा हो। अहिलेको अवस्थामा नेपालमा १ खर्बभन्दा बढी गैरआवासीय नेपालीहरूको शिक्षा, बैङ्किङ, कृषि, हाइड्रो लगायतका विभिन्न क्षेत्रमा लगानी छ।’
उनले उदाहरण दिँदै भने, ‘यदि नेपालमा कुनै पनि दुर्गम ठाउँमा पनि आधुनिक, सफा क्याफे देख्नुहुन्छ भने त्यो गैरआवासीय नेपालीले खोलेको छ। यदि कहीँ आधुनिक कृषि देख्नुहुन्छ भने गैरआवासीयहरूले विदेशमा गएर सिकेर आएर गरेको छ।’ उनले विदेशी भूमिमा भन्दा नेपालमा नै बढी लगानी गर्नुपर्छ भनेर आफूहरू लागेको बताए।
एनआरएनएले आफूहरूले विश्वभर नेपालको पहिचान दिलाउन महत्त्वपूर्ण योगदान दिएको पनि दाबी गरेको छ। अध्यक्ष केसीले राजदूतावास नभएको ठाउँमा पनि नेपालीहरूले आफ्नो देशको पहिचान गराउने काम गरेको जिकिर गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण