कस्तो हुनुपर्छ यूएईलाई हराउन नेपालको रणनीति ?
सारांश
- नेपालले आज यूएईसँग टी-२० विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गर्दैछ ।
- प्रशिक्षकका अनुसार, नेपालले यूएईलाई हराउन फिल्डिङ र ब्याटिङमा ध्यान दिनुपर्छ ।
- प्रशिक्षक श्रेष्ठले टिममा परिवर्तनको आवश्यकता औंल्याउँदै बायाँहाते ब्याट्सम्यान र सन्दीप लामिछानेलाई खेलाउनुपर्ने बताए ।
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।
यूएईलाई ओमानको मैदानमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा हालसम्म हराउन नसकेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण छ । खेलअघि विभागीय टोली नेपाल पुलिस प्रशिक्षक मञ्जित श्रेष्ठले यूएईलाई पराजित गर्न नेपालले फिल्डिङ र ब्याटिङमा ध्यानदिनुपर्ने बताए ।
प्रशिक्षक श्रेष्ठले पछिल्लो समय यूएईको टोली त्यति बलियो नभए पनि उनीहरूलाई कमजोर आँक्न नहुने बताए । यूएईको ब्याटिङमा वासिङजस्ता खेलाडी लयमा रहेकाले उनीहरूले राम्रो प्रदर्शन गर्न सक्ने सम्भावना भएको उनको भनाइ छ । नेपालले टस जितेमा फिल्डिङ रोज्नु उपयुक्त हुने उनको सुझाव छ ।
‘हामीले टस जित्यौँ भने बलिङ रोज्नुपर्छ । त्यसपछि यूएईले दिएको लक्ष्य हेरेर रणनीति बनाउन सहज हुन्छ,’ श्रेष्ठले भने, ‘विकेटको अवस्था बुझेर सोही अनुसार खेल्नुपर्छ । यदि विकेट कठिन छ भने १७० रनको लक्ष्य पछ्याउन सकिन्छ, तर विकेट राम्रो भए बलरहरूले यूएईलाई कम रनमा रोक्ने प्रयास गर्नुपर्छ ।’

उनले यूएईका ब्याट्सम्यानलाई दबाबमा राख्न सके नेपालले सहजै जित निकाल्न सक्ने बताए । यूएईको ब्याटिङ लाइनअपमा केही अनुभवी खेलाडी भए पनि नेपाली बलरहरूले उनीहरूलाई रोक्न सक्ने विश्वास उनको छ ।
टोलीमा केही परिवर्तन आवश्यक रहेको प्रशिक्षक श्रेष्ठको बुझाइ छ । विशेषगरी टिममा दुई जना बायाँहाते ब्याट्सम्यानको आवश्यकता औंल्याउँदै उनले आदिल अन्सारीलाई मौका दिन सकिने बताए । ‘बायाँहाते ब्याट्सम्यानले टर्निङ पिचमा राम्रो खेल्न सक्छन्, त्यसैले टिममा उनीहरूको उपस्थिति महत्त्वपूर्ण हुन्छ,’ उनले भने ।
यस्तै सन्दीप लामिछाने नेपाली टोलीका लागि महत्त्वपूर्ण खेलाडी भएकाले स्थान दिनुपर्ने उनले बताए । करण केसीलाई पनि आजको खेलमा खेलाउन सकिने सम्भावना रहेको उनले औंल्याए । करणको अनुभव र यूएईको पिचको ज्ञानले टोलीलाई फाइदा पुग्न सक्ने उनको विश्वास छ ।
‘करण अनुभवी खेलाडी हुन् र यूएईको पिचमा उनको अनुभवले टिमलाई सहयोग गर्न सक्छ,’ श्रेष्ठले थपे । श्रेष्ठले नेपाली टोलीले एकजुट भएर खेल्नुपर्ने र यूएईलाई कम स्कोरमा रोक्ने रणनीति अपनाउनुपर्ने बताए । उनले नेपाली खेलाडीहरूमाथि विश्वास व्यक्त गर्दै आजको खेलमा राम्रो नतिजा आउनेमा आशा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण