सेयर बजारमा उच्च गिरावट, २४ सयको लाइनलाई छोएपछि रोकियो ‘पहिरो’
काठमाडौँ । सेयर बजार परिसूचकमा आज पनि उच्च गिरावट आएको छ । गत साता झण्डै ८० अङ्कको क्षति व्यहोरेको सेयर बजार आइतबार ७८.८३ अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २५०३.५३ अङ्कमा झरेको छ ।
कारोबारको सुरुवातदेखि नै उच्च अङ्कले घटेको बजार पहिलो २ घण्टासम्म निरन्तर घटेको थियो । यो अवधिमा झण्डै ८७ अङ्क घटेको बजारले २४ सयको लाइन छोएको थियो ।
त्यसपछि भने बजार सम्हालियो । अन्तिम २ घण्टामा बजारले सामान्य सुधार गर्दै २५ सयभन्दा माथि रहेर बजार बन्द भएको हो ।
आज बजारमा होटल तथा पर्यटन क्षेत्रमा ४.८४ प्रतिशत, अन्य क्षेत्रका कम्पनीमा सर्वाधिक ४.७९ प्रतिशत गिरावट आएको छ । फाइनान्स, हाइड्रो र इन्भेष्टमेन्ट समूहमा पनि ३ प्रतिशत भन्दा धेरैको गिरावट छ । सबैभन्दा कम घट्ने म्युचुअल फण्डमा ०.९९ प्रतिशतको गिरावट छ ।
बजारमा आज कुनै पनि कम्पनीको मूल्यमा नकारात्मक सर्किट नलागे पनि ३५ वटा कम्पनीको मूल्यमा ५ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । बजारमा आज नेपाल माइक्रो इन्स्योरेन्सको मूल्यमा ६.०१ प्रतिशतको वृद्धि देखिएको छ ।
बजारमा आज नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड, एनएलजी इन्स्योरेन्सको ३७ करोड र युनियन हाइड्रोपावरको ३६ करोड रुपैयाँ बराबरको कारोबार भई सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष स्थानमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण