बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विश्वकप छनोट : कतारमाथि ओमानको सहज जित

आइतबार, २६ असोज २०८२, १६ : १२
आइतबार, २६ असोज २०८२

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा ओमानले कतारलाई हराएको छ ।

आइतबार भएको खेलमा ओमानले कतारमाथि ३४ रनको जित निकालेको हो । अल इमिरेट्स क्रिकेट मैदानमा ओमानले दिएको १७३ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३८ रन बनायो ।

कतारका लागि शारिक मुनिरले सर्वाधिक ३४ रन बनाए । त्यस्तै मोहम्मद असिम र शाहजैब जमील अहमदले २१–२१ रन बनाए । कतारका मोहम्मद तनविर, कप्तान मिर्जा मोहम्मद बेग र मोहम्मद इकरामउल्लाहले १०–१० रन बनाए ।

ओमानका लागि बलिङतर्फ जितेन्द्रकुमार रमानन्दीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै सुफ्यान मेहमोदले दुई विकेट लिँदा फैसल शाह, साकेल अहमद र नदीम खानले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन बनायो । ओमानका लागि कप्तान जितेन्द्र सिंहले ६६ रनको अर्धशतकीय पारी खेले । ४० बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै आर्यान विष्टले ३४ रन बनाउँदा विनायक शुक्लाले ३० रनको योगदान गरे । बलिङतर्फ कतारका लागि  कप्तान मिर्जा मोहम्मद बेगले चार विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २८ रन खर्चे ।

त्यस्तै मोहम्मद असिमले एक विकेट लिए । आजको जितसँगै ओमानले सुपर सिक्समा २ खेलबाट ४ अङ्क जोडेको छ ।ओमानले सुपर सिक्समा सामोआसँग खेल्ने छैन । यता कतारले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप