चलचित्र ‘परान’को टिजर सार्वजनिक
काठमाडौँ । आगामी कार्तिक १४ गते प्रदर्शनमा आउने चलचित्र ‘परान’को टिजर सार्वजनिक भएको छ ।
वरिष्ठ अभिनेता निर शाहको जन्मदिनको अवसर पारेर आइतबार चलचित्रको पोएटिक टिजर सार्वजनिक गरिएको हो । टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ ।
कवि पराजुलीका शब्दहरूमा चलचित्रका मुख्य कलाकार निर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ ।
कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो बढाइयो एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म सोही प्रकारले साथ दिनुपर्ने कुरा व्यक्त भएको छ ।
टिजरमा शाहका अलवा मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द तथा अन्जना बराइली लगायत पनि अटाएका छन् ।
सक्किगोनीका कलाकार दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा निर्माण भएको चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा लगायत कलाकारको अभिनय छ ।
गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको चलचित्र कम्पनी बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण