इजरायल पुगे ट्रम्प, नेतन्याहुले गरे स्वागत
सोमबार, २७ असोज २०८२, १२ : ४९
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन्।
- हमासको कब्जामा रहेका इजरायली बन्दीहरूमध्ये सात जना रिहा भएपछि ट्रम्प इजरायल पुगेका हुन्।
- ट्रम्पले इजरायली संसदलाई सम्बोधन गर्ने र बन्दीका आफन्तसँग भेट्ने कार्यक्रम छ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन् । इजरायल र हमासबिचको शान्ति प्रक्रियामा अमेरिकाले मध्यस्तकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।
हमासको कब्जामा रहेका इजरायली बन्दीहरूमध्ये पहिलो चरणमा सात बन्दी रिहा भएलगत्तै ट्रम्प इजरायल पुगेका हुन् । उनलाई विमानस्थलमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले स्वागत गरेका छन् ।
ट्रम्पले इजरायली संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बन्दीका केही आफन्तसँगसमेत भेट गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण