शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

सोमबार, २७ असोज २०८२, १३ : १९
सोमबार, २७ असोज २०८२

सारांश

  • आइतबार देशका विभिन्न चार स्थानमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
  • सिन्धुपाल्चोक, रूकुम पश्चिम, मोरङ र मकवानपुरमा व्यक्तिहरू मृत फेला परेका हुन्।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, जसमा मृत्युको कारण खुल्न बाँकी छ।

काठमाडौँ । देशका विभिन्न चार स्थानमा आइतबार चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५, गुन्सा बस्ने ३५ वर्षीय भक्त बहादुर तामाङ सोही गाउँपालिका-५, काभ्रे खोराङस्थित खोराङ सामुदायिक वनमा आइतबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी, रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-३, गजेटाकुरीस्थित सानीभेरी नदीको टापुमा मुसिकोट नगरपालिका-१३, लामाडाँडा छिवाङ बस्ने ४५ वर्षीया अस्मिता बिष्ट आइतबार मृत अवस्थामा फेला परेकी छिन्।

यता, मोरङको बेलबारी नगरपालिका-४, ईमानसिंङ चोकस्थित सडक छेउमा सोही नगरपालिका-४ बस्ने ५५ वर्षीय कृष्णभक्त राई आइतबार मृत अवस्थामा फेला परेका छन्।

मकवानपुरको कैलाश गाउँपालिका-८, पाखरेस्थित सावरधोबी खोलामा सोही गाउँपालिका-२, बैकुण्ड बस्ने ३७ वर्षीया सानु माया लामा आइतबार मृत अवस्थामा फेला परेकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप