जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा चन्द्रपल नियुक्त
सोमबार, २७ असोज २०८२, १४ : ३२
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को साविक विजेता टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा शिवनराइन चन्द्रपल नियुक्त भएका छन् ।
जनकपुरले सोमबार चन्द्रपललाई प्रशिक्षक नियुक्त गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको हो । चन्द्रपल वेस्ट इन्डिजका दीग्गज ब्याटर हुन् ।
दुई दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका चन्द्रपलले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजारभन्दा बढी रन बनाएका छन् । उनले टेस्टमा ११ हजार ८ सय भन्दा बढी रन बनाउँदा ओडिआईमा ८ हजार ७०० भन्दा बढी रन बनाएका छन् ।
पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराएर उपाधि हात पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
-
शङ्कास्पद गतिविधि गरेको आरोपमा २७ जना चिनियाँ नागरिक पक्राउ
-
बागमती प्रदेशसभामा २ विधेयक टेबुल
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण