बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

केन्याली धावक जोन के र मिस नेपाल श्रृच्छा प्रधान नेपालगन्ज म्याराथनका सद्‌भावना दूत

सोमबार, २७ असोज २०८२, १६ : २९
सोमबार, २७ असोज २०८२

सारांश

  • वर्ल्ड क्लास धावक जोन के र मिस नेपाल वर्ल्ड २०२३ श्रृष्छा प्रधान धारा नेपालगन्ज म्याराथनको सद्भावना दूत नियुक्त भएका छन्।
  • नेपालगन्जमा आयोजित कार्यक्रममा नगर प्रमुखले उनीहरूलाई कदर पत्र हस्तान्तरण गरे।
  • म्याराथनले अन्तर्राष्ट्रिय धावकहरूको आगमन बढाउने र वातावरणीय सङ्कट समाधानमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरियो।

नेपालगन्ज । वर्ल्ड क्लास धावक तथा केन्या निवासी जोन के र मिस नेपाल वर्ल्ड २०२३ श्रृष्छा प्रधान धारा नेपालगन्ज म्याराथनको सद्‌भावना दूत नियुक्त भएका छन्।  सोमबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले उनीहरूलाई कदर पत्र हस्तान्तरण गरेका हुन्।

मेयर विष्टले छोटो समयमै म्याराथनले अन्तर्राष्ट्रिय विश्वास आर्जन गरेको र अब यो शान्ति, सद्भाव र एकताको सशक्त माध्यम बनेको बताए। कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदकधारी जोन केले नेपालमा म्याराथनका कारण अन्तर्राष्ट्रिय धावकहरूको आगमन बढ्ने विश्वास व्यक्त गर्दै पहल गर्ने बताए। 

मिस नेपाल श्रृच्छाले वातावरणीय सङ्कट समाधानका लागि म्याराथनजस्ता इभेन्ट प्रभावकारी हुने बताइन्। सो अवसरमा गौघाट ग्रिन रनको टिसर्ट सार्वजनिक गरियो।  धारा नेपालगन्ज म्याराथनको ११औँ संस्करण आगामी मङ्सिर ६ गते शनिबार हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप