बाँकेका महिला पुष्पखेतीतर्फ आकर्षित
नेपालगञ्ज । बाँकेका महिला पुष्पखेती गर्न उत्साहित देखिएका छन् । सीमित महिला किसानले मात्रै हात हालेको पुष्पखेतीबाट जीविकोपार्जनको आधार निर्माण हुँदै गएपछि अन्य महिला पनि उत्साहित हुँदै यसतर्फ आकर्षित हुन थालेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका–३ स्थित सुविबी पुष्प उद्यान केन्द्रकी सञ्चालक विष्णु चौधरी पुष्पखेतीबाट आम्दानी हुन थालेपछि आफू पनि यसमा लागेको बताइन् ।
उनी आठ वर्षदेखि पुष्पखेतीमा रमाइरहेकिछन् । त्यसका लागि रु ६० हजारमा जग्गा भाडामा लिएकी छन् । चौधरीका खेतमा हाल टेनिस बल र कर्मा ५५५ जातका सयपत्री प्रजातिअन्तर्गतका फूल रहेका छन् ।
कोहलपुरमा रहेको उद्यानबाट यस वर्ष कम्तीमा पाँच क्विन्टल फूल उत्पादन हुने चौधरीले बताइन् ।
यस विषय तिहारका लागि स्थानीयले राखेका बोटमा धेरै फूल नफुलेकाले माग बढी हुने भन्दै बाहिरबाट खरिद गरेर भए पूर्ति गर्ने योजना रहेको उनले सुनाइन् । करिब १० क्विन्टल फूलको व्यापार हुने चौधरीको अनुमान छ ।
“मेरो खेतमा पनि यस पटक राम्ररी फूलका बिरुवा उम्रेनन् । प्राविधिक ल्याएर काम गरेको थिए, तर ब्याडमा झार उम्रेपछि औषधि प्रयोग गर्दा धेरै बिरुवा मरे”, उनले भनिन् ।
आफूले उत्पादन गरेको फूल दाङ, सुर्खेत, धनगढी, बुटवललगायत जिल्लामा बजारीकरण गरिएको जानकारी दिँदै चौधरीले पुष्पखेतीसँगै नर्सरी स्थापना गर्ने योजना रहेको पनि सुनाइन् ।
नेपाल भारत सीमा क्षेत्रमा रहेकाले भारतबाट आयात हुने फूलका कारण प्रतिस्पर्धा गर्न भने समस्या हुने गरेको उनको गुनासो छ ।
“हामीले जेनतेन सीमित स्रोतसाधनका आधारमा फूलको उत्पादन गर्छौँ, तर भारतबाट फूल आउँदा त्यसको प्रत्यक्ष मारमा पर्छौँ”, चौधरीले भनिन् ।
हाल यहाँ प्रतिकिलो रु ४०० मा फूल बिक्री भइरहेको छ । फ्लोरीकल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी विन्दु चर्तीमगरले सीमापारिबाट आउने अवैध फूलमाला रोक्न नसक्दा स्थानीय उद्यमी मारमा परिरहेको बताइन् ।
यसरी अवैध रूपमा आउने प्लास्टिकलगायत फूलमालाको स्थानीय प्रशासनबाट नियमन हुनुपर्ने उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनोद घिमिरेले पुष्पखेती गर्ने किसान बाँकेमा सीमित सङ्ख्यामा रहेको उल्लेख गर्दै पुष्पखेतीका लागि सरकारले पनि सहजीकरण गरिरहेको बताए ।
गत वर्षको विवरणअनुसार बाँकेमा १७ जना महिला किसान यस व्यवसायीक पुष्पखेतीमा संलग्न रहेका उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण