डोटीमा जिप दुर्घटना, एक महिलाको मृत्यु
मङ्गलबार, २८ असोज २०८२, ०९ : ००
सारांश
- डोटीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
- सुखडबाट देवलतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको थियो।
- दुर्घटनामा चालक सहित ९ जना सवार रहेकोमा अन्य सकुशल रहेका छन्।
कैलाली । डोटीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। सोमवार राति बडिकेदार गाउँपालिका–३ देवलको कच्ची सडक खण्डमा कैलालीको सुखडबाट देवलतर्फ आइरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको बोलेरो जिप दुर्घटना भएको हाे।
जिपमा सवार बडिकेदार–३ बस्ने अन्दाजी ३५ वर्षकी लक्ष्मी कुमारी सलामीको मृत्यु प्रहरीले जनाएको हो। सोमबार राति डेढ बजेको समयमा जिपको सापट भाँच्चिएर सडकमा पल्टिदा दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलका अनुसार उक्त जिपमा चालक सहित जम्मा ९ जना यात्रु रहेकोमा अन्य सबै जना सकुशल रहेका छन्। प्रहरी सहायक निरीक्षक पदम राज भट्टको कमान्डमा ४ जनाको टोली खटिएको प्रहरी निरीक्षक रावल बताए।
दुर्घटनापछि जिप चालक घोडाघोडी नगरपालिका–८, मैनापोखरी बस्ने २७ वर्षीय सरोज विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण