कांग्रेस कार्यसम्पादन समिति स्थगित, केन्द्रीय समितिमा देउवाको सम्बोधन मात्रै हुने
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक साढे एक घण्टापछि स्थगित गरियो ।
- मंगलबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि हालसम्म सुरु भएको छैन ।
- पार्टीको १५औँ महाधिवेशन मंसिरभित्रै गर्ने कि नगर्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन ।
काठमाडौँ । नेपाली कांग्रेसको बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति निर्धारित समयको साढे एक घण्टापछि स्थगित गरिएको छ ।
केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले रातोपाटीलाई जानकारी दिइन् ।
कांग्रेसले मंगलबार नै एक बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । तर हालसम्म बैठक सुरु भएको छैन । बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गरेर स्थगित गरिने सहमहामन्त्री उपाध्यायले बताइन् । मंगलबार स्थगित गरिएको बैठक बिहीबार बस्ने र त्यसमा एजेन्डाबारे छलफल गर्ने तयारी छ ।
मंगलबार बिहान केन्द्रीय समिति बैठकबारे सभापति देउवासँग र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले भेट गरेका थिए । एजेन्डाबारे उनीहरूले सभापतिसँग भेट गरेका देउवाको सचिवालयले जानकारी दिएको छ ।
केन्द्रीय समितिमा सभापतिको परामर्शमा महामन्त्रीहरूले एजेन्डा पेस गर्ने प्रचलन छ । त्यसबारे महामन्त्रीद्वयले सभापतिसँग छलफल गरेका बताइएको छ । तर, एजेन्डा तय भएका छैनन् ।
पदाधिकारी तथा केन्द्रीय कार्यसम्पादन समिति बैठक उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा बिहीबारदेखि निरन्तर बसे पनि एजेन्डा तय गर्न सकेको छैन । पार्टीको १५ औँ महाधिवेशन मंसिरभित्रै गर्ने कि केही समय पर सार्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन ।
जेनजीले भदौ २३ र २४ गते भएको आन्दोलनमा प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि घरमै आक्रमण गरेका थिए । त्यसयता देउवा सार्वजनिक रूपमा देखिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण