सुन्धाराको होटलमा एक जना शिक्षक मृत फेला
मङ्गलबार, २८ असोज २०८२, १६ : ३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ स्थित सुन्धारामा रहेको होटलमा एक जना शिक्षक मृत अवस्थामा भेटिएका छन् ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ टक्सेरा घर भएका ४६ वर्षीय सुरेश पुन मगर मृत भेटिएका हुन् ।
मंगलबार मृत भेटिएका उनको शव पोष्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनी रुकुम पश्चिम स्थित सिस्ने सनराइज बोर्डिङ स्कुलको प्रिन्सिपल हुन् ।
पुन मगर १ महिनादेखि सुन्धारा स्थित होटल रोयल थकालीमा बस्दै आएका थिए । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार घटना शङ्कास्पद देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण