बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति
झापा । यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण यहाँको ५१२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको छ । उक्त क्षतिका कारण यहाँका ७४९ परिवार प्रभावित भएका छन् ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार भारी वर्षा र वर्षापछिको बढी र डुबानका कारण करिब रु सात करोड ६० लाख २८ हजार २२० बराबरको कृषिबालीमा क्षति भएको पुगेको हो । बाढीले सबैभन्दा बढी झापा गाउँपालिकाको वडा नं १, २ र ३ का ३६५ दशमलव २७ हेक्टर क्षेत्रफलमा लगाइएका धान, गहुँ र सागसब्जीमा क्षति गरेको उनले जानकारी दिए ।
यसैगरी केन्द्रले सङ्कलन गरेको विवरणअनुसार गौरीगञ्ज गाउँपालिकाको वडा नं १ र २, शिवसताक्षी नगरपालिकाको वडा नं ३, ४, ५ र ७, भद्रपुर नगरपालिकाको वडा नं ३, गौरादह नगरपालिकाको वडा नं ५ र ६ तथा कनकाई नगरपालिकाको वडा नं १, ३, ५, ६ र ८ का क्षेत्रहरूमा बाढीका कारण कृषिबालीमा क्षति पुगेको छ ।
केन्द्रका प्रमुख विष्टका अनुसार बाढीले सबैभन्दा बढी धानखेतीमा असर पारेको छ । झापाका ७०३ कृषकले ४६३ दशमलव ४२ हेक्टर क्षेत्रफलमा लगाएका धानबाली क्षति पुगेको बताउँदै उनले क्षति पुगेका अन्य बालीहरूमा तरकारी, आलु, केरा, जुट, मास र भुइँकटहरलगायत रहेका उल्लेख गरे ।
यसैबिच बाढीबाट प्रभावित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहको समन्वयमा राहत वितरण सुरु गरिएको विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
-
भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा एक सातादेखि चलिरहेछ सुनुवाइ
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण