मोरङ प्रशासनका सबै सेवा सुचारु, राहदानी सेवा व्यवस्थित गर्न नयाँ तालिका सार्वजनिक
विराटनगर । गत भदौमा भएको आगजनी र तोडफोडका कारण अस्तव्यस्त बनेको जिल्ला प्रशासन कार्यालय, मोरङले राष्ट्रिय परिचयपत्र र राहदानी सेवालाई व्यवस्थित गर्न नयाँ तालिका सार्वजनिक गरेको छ । सेवाग्राहीको चाप र समस्यालाई मध्यनजर गर्दै कार्यालयले दुवै सेवाका लागि छुट्टाछुट्टै सूचना जारी गरी नयाँ व्यवस्था लागू गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन (इनरोलमेन्ट) कार्यलाई सहज बनाउन बुधबारदेखि सेवा समय थप गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनाअनुसार अब बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिनेछ ।
गत भदौ २४ गते भएको तोडफोड र आगजनीका कारण सर्भरमा क्षति पुग्दा सेवा अवरुद्ध भएको थियो । सेवा पुनः सञ्चालन भएपछि सेवाग्राहीको अत्यधिक चाप बढेको र सीमित उपकरणका कारण सेवा प्रवाहमा कठिनाइ भएकोले समय थप गरिएको कार्यालयले जनाएको छ ।
यद्यपि, तयार भइसकेका राष्ट्रिय परिचयपत्र वितरणको काम भने हाललाई स्थगित गरिएको छ । आगजनीबाट कार्ड वितरण गर्ने प्रणालीमा क्षति पुगेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि वितरण रोकिएको सूचनामा उल्लेख छ ।
यसैगरी, प्रशासन कार्यालयले राहदानी सेवालाई पनि व्यवस्थित गर्न नयाँ नियम लागू गरेको छ । कार्यालयले असोज २७ गते जारी गरेको सूचनाअनुसार आगजनीमा प्रशासनका दुईवटा र इलाका प्रशासन कार्यालय, रंगेलीको एउटा गरी तीनमध्ये दुईवटा इनरोलमेन्ट सेन्टर पूर्ण रूपमा नष्ट भएका थिए । हाल इलाका प्रशासन कार्यालय, उर्लाबारीको एउटा मात्र सेन्टर सञ्चालनमा रहेकाले सेवा प्रवाहमा चाप बढेको हो ।
यो समस्या समाधान गर्न कार्यालयले आइतबारदेखि शुक्रबारसम्म दैनिक ७५ जनालाई मात्र ‘पहिला आउनेलाई पहिलो प्राथमिकता’ को आधारमा सेवा दिने भएको छ । सेवा लिन आउने सेवाग्राहीले अनिवार्य रूपमा राहदानीको अनलाइन आवेदन फारम भरेर ल्याउनुपर्नेछ ।
कार्यालयले तयार भइसकेका राहदानी भने क्रमशः वितरण भइरहेको जनाएको छ । आगजनीका कारण महत्त्वपूर्ण प्रणालीहरू नष्ट हुँदा सेवा प्रभावित भएकोमा धैर्य गर्न कार्यालयले सेवाग्राहीहरूलाई अनुरोध गरेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
-
भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा एक सातादेखि चलिरहेछ सुनुवाइ
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण