माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन
काठमाडौँ । जेनजी आन्दोलनपछि सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा राष्ट्रिय एकता अभियानले मंगलबार काठमाडौँको माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।
भ्रष्टाचार अन्त्य तथा सुशासनको माग राखी भदौ २३ गते र २४ गते भएको आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते सरकार गठन भएको थियो ।
आन्दोलनले उठाएको माग पुरा गराउने दबाबका लागि सो प्रदर्शन गरिएको राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले बताए । वर्तमान सरकारले भ्रष्टाचार छानबिनमा देखिएको ढिलासुस्ती र निष्क्रियताबारे खबरदारी पनि गरेको छ ।
प्रदर्शनकारीहरूले “पोखरा एयरपोर्टका भ्रष्टाचारीलाई कारबाही गर”, “भुटानी शरणार्थी फाइल सार्वजनिक गर”, “टेरामेक्स घोटालाबाजलाई जेल हाल”, “केन्टोमेन्ट घोटालाको हिसाब दे” लगायतका नाराबाजी गरेका थिए ।
अभियानका अध्यक्ष विनय यादवले पोखरा विमानस्थल, भुटानी शरणार्थी प्रकरण, टेरामेक्स उपकरण खरिद र केन्टोमेन्ट घोटालाजस्ता मुद्दामा निष्पक्ष छानबिन आवश्यक रहेको बताए ।
अभियानले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई देशव्यापी रूपमा अझ सशक्त बनाउँदै लैजाने अध्यक्ष यादवले दाबी गरे ।
यो प्रदर्शनले नागरिक समाजको निगरानी र दबाब अझ तीव्र भएको सन्देश दिएको छ र नागरिक सरकारमाथि पारदर्शिता र जवाफदेहिताका लागि थप दबाब सिर्जना गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण