काठमाडौँमा बुधबारदेखि राहदानी आवेदन सेवा सुरु हुने
सारांश
- काठमाडौँमा जेनजी प्रदर्शनपछि स्थगित राहदानी आवेदन सेवा बुधबारदेखि सुरु हुने भएको छ।
- जिल्ला प्रशासन कार्यालयले दुई सिफ्टमा सेवा दिने र प्रत्येक दिन साँझ ५ बजे अनलाइन स्लट खुल्ने जनाएको छ।
- सेवाग्राहीलाई आवेदन फारममा उल्लेखित समयमा उपस्थित हुन अनुरोध गरिएको छ।
काठमाडौँ । काठमाडौँमा जेनजी प्रदर्शनपछि स्थगित राहदानी आवेदन सेवा बुधबारदेखि सुरु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रवाह हुने राहदानी आवेदनसम्बन्धी सेवा असोज २९ गते बुधबार (भोलि) देखि सुरु गर्न लागेको जानकारी दिएको हो ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालले भोलि बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सेवा (सिफ्ट) मार्फत राहदानी आवेदनसम्बन्धी सेवा प्रदान गर्न लागिएको जानकारी दिए।
जिप्रका काठमाडौँले हाल सीमित आवेदन स्टेसनबाट सुरु गर्न लागेको उक्त सेवाका लागि आवेदन गर्न प्रत्येक दिन साँझ ५ः०० बजे अनलाइन आवेदन स्लट खुल्ने जनाएको छ । राहदानीसम्बन्धी अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेसन भएकाले सेवाग्राही आवेदन फारममा उल्लेख भएकोवसमा समयमा उपस्थित भई सहयोग गरीदिन समेत काठमाडौँ प्रशासनले सबैलाई अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण