शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

बुधबार, २९ असोज २०८२, १२ : ५३
बुधबार, २९ असोज २०८२

सारांश

  • राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरे।
  • भेटमा अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को महासभा र राष्ट्रिय सभा निर्वाचनबारे छलफल भयो।
  • स्वीट्जरल्यान्डको जेनेभामा हुने आईपीयूको १५१ औँ महासभामा नेपालको संघीय संसदको तर्फबाट सहभागिता हुनेछ।

काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटमा अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को १५१ औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा छलफल भएको हो। 

विश्वभरका १८१ देशका सांसदहरू सदस्य रहेको आइपियूको १५१ अ‍ौँ महासभा स्वीट्जरल्यान्डको जेनेभामा यही अक्टुबर १९–२३ मा सम्पन्न हुँदैछ। 

उक्त महासभामा सहभागी हुन राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा सङ्घीय संसद्को एक प्रतिनिधि मण्डल जाँदैछ। 

आइपीयूको महासभामा नेपालको सहभागिता, राष्ट्रिय सभा निर्वाचन लगायत समसामयिक विषयमा अध्यक्ष दाहालले गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग पनि छलफल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप