गायिका सियाको श्रीमानले मागे मासिक साढे २ लाख डलर निर्वाह भत्ता
सारांश
- अस्ट्रेलियाली गायिका सियासँग अलग भएका पतिले मासिक साढे २ लाख डलरभन्दा बढी निर्वाह भत्ता मागेका छन्।
- पति डेनियल बर्नार्डले आफूलाई विलासी जीवन कायम राख्न भत्ता आवश्यक रहेको बताएका छन्।
- सिया र बर्नार्डले २०२२ को डिसेम्बरमा बिहे गरेका थिए र उनीहरूको १८ महिनाको छोरा छ।
क्यानबेरा । अस्ट्रेलियाली गायिका सियासँग अलग भएका पतिले पत्नीसँग मासिक साढे २ लाख डलरभन्दा बढीको निर्वाह भत्ता मागेका छन् । अमेरिकी अदालतमा बुझाइएको कागजातहरूले यस्तो देखाएको भन्दै बीबीसीले समाचार छापेको छ । सियाले मार्चमा अपरिवर्तनीय भिन्नताहरू उल्लेख गर्दै डेनियल बर्नार्डसँग सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी थिइन् ।
बर्नार्ड पूर्व डाक्टर हुन् । सियासँगको बिहेपछि बिताएको विलासी माथिल्लो श्रेणीको जीवनलाई कायम राख्न आफूलाई मासिक भत्ता चाहिएको भनेर अदालतका कागजातहरूमा बर्नार्डले भनेका छन् । चिकित्सा व्यवसाय चलाउन आफूले जागिर छोडेको तर सो व्यवसाय नचलेपछि आफू गायिकामाथि आर्थिक रूपमा सियामा निर्भर रहेको पनि बर्नार्डले कागजपत्रमा दाबी गरेका छन् ।
सिया र बर्नार्डले २०२२ को डिसेम्बरमा बिहे गरेका थिए । दम्पतीको १८ महिनाको एउटा छोरा भएको अनि निजी निजी जेट, छुट्टी मनाउन घुमफिर, उच्चस्तरीय भोजन र कयौँ फूल टाइम कर्मचारीका लागि मासिक ४ लाख डलरभन्दा बढीको खर्च हुने पनि अदालतमा बुझाइएको कागजमा उनले भनेका छन् ।
यो जोडीको बिहेमा ४९ वर्षिया सियाले नै सारा घर चलाइरहेकोले भन्दै बर्नार्डले अस्थायी निर्वाह भत्ता दिलाइदिन माग गरेका छन् । उनले कानुनी लागत र फोरेन्सिक लेखाङ्कनको भर्पाई गर्न थप भुक्तानीका लागि पनि अनुरोध गरेका छन् । यस मामिलामा अहिलेसम्म सियाको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण