शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेसको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त

बुधबार, २९ असोज २०८२, १८ : ३४
बुधबार, २९ असोज २०८२

काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा लाेकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का जितेन्द्र सोनार (सोनल) नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १६८ काे उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

सोनालले आफ्नो नेतृत्वमा पाँच दलीय गठबन्धनसहितको दाबी पेस गरेका थिए । अब मधेस प्रदेशमा जसपा नेपाल, लोसपा, नेकपा एस, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको गठबन्धनको सरकार भएको छ ।

नियुक्ति पत्र बुझ्दै मुख्यमन्त्री सोनलले जेनजी आन्दोलन पछि शून्यतामा पुगेको प्रदेशमा सुशासन कायम गर्न काम गने बताए ।

उनले गठबन्धनका पाँच वटै दल मिलाएर अहिलेका लागि साने मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।

यसअघि सतिश कुमार सिंह मधेस प्रदेशकाे मुख्यमन्त्री थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप