शिक्षामन्त्री महावीर पुनले के–के गरे काम ?
काठमाडौँ । गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका महावीर पुनले नियुक्त भएदेखि गरेका कामहरू सार्वजनिक गरेका छन् । मन्त्री पुनले बुधबार सामाजिक सञ्जाल एक्समार्फत चार बुँदामा कामको विवरण सार्वजनिक गरेका हुन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को २०६९ देखि सम्बन्धनका लागि निवेदन दिएको तर अहिलेसम्म सम्बन्धन नपाएका आवेदनहरूको छानबिन गरी मंसिर महिना भित्र नतिजा निकाल्न कार्यदल गठन गरिएको छ ।
त्यस्तै नेपाल खुला विश्वविद्यालयको रिक्त रहेको १० जना र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ७ जना सिनेटरहरूको रिक्त रहेको पदमा बिना कुनै राजनैतिक दबाब नियुक्त गरिएको छ । साथै सिनेटरहरू नभएर रोकिएका कामहरू अगाडि बढाइएको छ ।
विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट हटाएर छुट्टै मन्त्रालय बनाउने र विज्ञान प्रविधि, नवप्रवर्तन, सूचना प्रविधि, जल तथा मौसम विज्ञान सम्बन्धी कामहरू सोही मन्त्रालय मार्फत गर्न गराउने कुराको फाइदाबारे छलफल सुरु गरिएको छ ।
विश्वविद्यालयहरूमा पहिलेका सरकारको पालामा राजनीतिक भागबन्डा नमिलेर रिक्त रहन गएका पदहरूमा निष्पक्ष तरिकाले योग्य पदाधिकारीहरू छनौटको काम अगाडि बढाइएको मन्त्री पुनले बताए । उनका अनुसार यसमा कुनै भनसुन लाग्ने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण