कर्जाको सावाँ, व्याज भुक्तानी समय सीमा थप गर्न महासङ्घको आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले कर्जाको सावाँ व्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसंग आग्रह गरेको छ ।
महासङ्घका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासङ्घको टोलीले राष्ट्र बैकका कार्यवाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो ।
महासङ्घले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको सावाँ व्याजको किस्ता बुझाउने समय नजिकिँदै गर्दा देशका विभिन्न भागहरूमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटना लगायत अविरल वर्षा तथा बाढी पहिरोले देशको पूर्वी एवं मध्य भागमा क्षति पुगेकोले क्षतिले ऋणीहरूलाई समयमै किस्ता बुझाउन समस्या भएकोले सावाँ व्याज भुक्तानीको समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसंग आग्रह गरिएको महासङ्घका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले जानकारी दिए ।
उनले यो समयमा भएका यी घटना बाहेक नेपालीहरूको महान् चाड दसैँको कारण लामो समय सार्वजनिक बिदा पर्न गएको र ऋणीहरूलाई समयमै किस्ता बुझाउन समस्या भएकोले समय थपको लागि पहल गरिदिन महासङ्घका सदस्य सङ्घ संस्थाहरूबाट समेत अनुरोध भइआएकोले राष्ट्र बैक समक्ष सो आग्रह गरिएको बताए ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र तथा महासङ्घका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण