चलचित्र ‘एक्लो’ को गीत ‘एक्लै बाच्नु कुरु कुरु’ सार्वजनिक
काठमाडौँ । वैज्ञानिक कल्पनामा आधारित चलचित्र ‘एक्लो’को गीत ‘एक्लै बाच्नु कुरु कुरु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री कविता नेपाली फिचर्ड छिन् । गीतमा अभिनेत्रीको नृत्य र पहिरन आकर्षक छ ।
चलचित्रको कथा अनुसार तयार गरिएको बताइएको गीतमा गायिका शान्तीश्री परियारको स्वर, स्वप्निल शर्माको शब्द र रोहित शाक्यको सङ्गीत छ । गीतले फिल्मको चर्चा बढाउने निर्माण युनिटको विश्वास छ ।
‘एक्लो’ विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिको जनाएको चलचित्र हो । चलचित्रका निर्देशक प्रदीप शाही हुन् । शाहीले यसअघि दुई फिल्म निर्देशन गरिसकेका छन् ।
बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका शाहीले ‘एक्लो’लाई हलिउडस्तरको प्रविधि र प्रस्तुतिसहित निर्माण गरेका छन् । फिल्म अंग्रेजी नयाँ वर्ष जनवरी १ (पुस १७ गते)बाट प्रदर्शनमा आउनेछ ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवं राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह तथा बेलायती अभिनेता जेमी बेकनको पनि अभिनय छ ।
एनआरएन समूहको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । फिल्ममा अभिनेता प्रदीप खड्काले पनि लगानी गरेका छन् । चलचित्रको छायाङ्कन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशनमा राजु तामाङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण