शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

बिहीबार, ३० असोज २०८२, १४ : ४८
बिहीबार, ३० असोज २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिइन्।
  • प्रधानमन्त्रीले न्यून पारिश्रमिकका कारण दक्ष जनशक्ति विदेश पलायन हुने जोखिम रहेको बताइन्।
  • कास्कीका मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू पाँचौँ तह बराबरको पारिश्रमिकको माग गर्दै आन्दोलनमा छन्।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा.विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् ।

स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा रहेकी उनले आन्दोलनको विषय बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन् ।

देशमा रहेका दक्ष जनशक्तिलाई अत्यन्तै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले उनीहरूको समस्या समाधान नभए ठुलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने प्रधानमन्त्री कार्कीले बताइन् ।

स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा छन् । मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप