मोरङ उद्योग व्यापार सङ्घद्वारा इलामका बाढी पीडितलाई कम्बल हस्तान्तरण
इलाम । मोरङ उद्योग व्यापार सङ्घले बिहीबार इलामका बाढी पीडितका लागि राहत स्वरूप २५० थान कम्बल हस्तान्तरण गरेको छ ।
सङ्घका अध्यक्ष अनुपम राठी र निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नवीन रिजालसहितका पदाधिकारी र कार्यसमिति सदस्यहरूले बाढी पीडितको उद्धार कार्यमा सक्रिय स्रष्टा नेपालकी अध्यक्ष बिन्दिया कार्कीमार्फत उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
सङ्घका अध्यक्ष राठीले गत साताको भीषण वर्षाका कारण इलामका विभिन्न स्थानमा बाढी पहिरोले प्रभावित भई हाल अस्थायी शिविरमा कष्टपूर्ण जीवन बिताइरहेका सयौँ पीडितलाई केही हदसम्म राहत पुर्याउने उद्देश्यले उक्त सामग्री पठाइएको जानकारी दिए ।
निवर्तमान अध्यक्ष रिजालले बाढी पहिरोका कारण इलाममा मात्र दर्जनौँले ज्यान गुमाएकोमा दुःख व्यक्त गर्दै पीडितको जनजीवन सामान्य बनाउन सरकार र सबै वर्ग सक्रिय रहनुपर्ने बताए । गत साताको वर्षाका कारण इलाममा ठुलो जनधनको क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
-
भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा एक सातादेखि चलिरहेछ सुनुवाइ
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण