कपिलवस्तुमा सवारी दुर्घटना, एक युवकको मृत्यु
शनिबार, ०१ कात्तिक २०८२, १४ : ४६
सारांश
- कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका अर्का युवकलाई उपचारका लागि बुटवल पठाइएको छ।
- प्रहरीले दुर्घटना गराउने सवारी साधनको खोजी गरिरहेको छ।
कपिलवस्तु । कपिलवस्तुमा सवारी दुर्घटना परेर एक युवकको मृत्यु भएको छ । शनिबार जिल्लाको कपिलवस्तु नगरपालिका ९ जगदीशपुरबाट बनगाई जाँदै गरेको लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा बाणगंगा नगरपालिका ९ भलवाडका २८ वर्षीय रमेश आचार्यको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार सोही ठाउँका अर्का युवक सुजन सुनारको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए । उनलाई उपचारको लागि बुटवल पठाएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने सवारी सधानको खोजी गरिरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण