तिहारमा आंशिक बदली र हल्का वर्षाको सम्भावना, कुन दिन कहाँ पर्छ पानी ?
सारांश
- यस वर्षको तिहारमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।
- लक्ष्मी पूजा, गोवर्धन पूजा र भाइटीकाका दिन कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा फाटफुट वर्षाको सम्भावना छ।
- उच्च हिमाली भूभागमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ । यस वर्षको तिहारमा कुनै उल्लेखनीय ठुलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार जारी गरेको बुलेटिनअनुसार पहाडी भू–भागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।
महाशाखाले तिहारका विभिन्न दिनहरूका लागि जारी गरेको मौसमी पूर्वानुमान निम्नानुसार रहेको छः
कार्तिक ३ गते (लक्ष्मी पूजा)
लक्ष्मी पूजाको दिन देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
कार्तिक ४ गतेः
यस दिन पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी ठाउँमा मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना कायमै रहनेछ ।
कार्तिक ५ गते (गोवर्धन पूजा)
गोवर्धन पूजाको दिन देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
कार्तिक ६ गते (भाइटीका)
भाइटीकाको दिन कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले तिहार अवधिभर सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि सचेत रहन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण