सचिवालय विस्तारप्रति तोसिमाको आपत्ति, मध्यमार्गी शक्ति निर्माण गर्न माग
सारांश
- रास्वपा नेतृ तोसिमा कार्कीले सचिवालय विस्तारको विरोध गर्दै पार्टी सुधारको माग गरेकी छन्।
- उनले पार्टी सभापति रवि लामिछानेलाई पत्र लेख्दै पार्टीको पुनर्संरचनाको आवश्यकता औंल्याइन्।
- कार्कीले अन्य दल र स्वतन्त्र व्यक्तिहरूसँग वार्ता गरी परिवर्तनका लागि मध्यमार्गी राजनीतिक शक्ति निर्माण गर्न आग्रह गरेकी छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तोसिमा कार्कीले सचिवालय विस्तारप्रति आपत्ति जनाएकी छन् ।
रास्वपाले नेताहरू सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनयन गरेपछि नेतृ कार्कीले आपत्ति प्रकट गर्दै पार्टी रिफरमेर्सनको माग गरेकी हुन् ।
आइतबार पार्टीका संस्थापक सभापति रवि लामिछानेलाई पत्र लेख्दै कार्कीले चार बुँदे धारणसहित रास्वपामा रूपान्तरण आवश्यक रहेको बताएकी छन् ।
‘पार्टीको नेतृत्व, सिद्धान्त,नीति कार्यक्रम आदि सबै कार्यक्रमको पुनरावलोकन, पुनः मूल्याङ्कन र पुनसंरचना गरेर आजको समयले खोजेको मध्यमार्गी राजनैतिक शक्ति निर्माणका लागि अहिले नै उपयुक्त समय हो’,कार्कीले भनेकी छन् ।
साथै पार्टीको अर्थपूर्ण रूपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गर्न माग गरेकी छन् ।
‘यसैक्रममा अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिसँग समेत वार्ता गरी जेनजी आन्दोलनको आकाङ्क्षा बमोजिमको परिवर्तन संस्थागत गर्न सक्ने मध्यमार्गी राजनीतिक शक्तिको निर्माण गर्न अग्रसर हुनपनि अनुरोध गर्दछु’, कार्कीले भनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण