निर्माण व्यवसायीले गृहमन्त्रीलाई भेटेर मागे शान्ति सुरक्षाको प्रत्याभूति
सारांश
- निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन्।
- भेटमा निर्माण उद्योगलाई चलायमान गराउने र सुरक्षाको वातावरण बनाउने विषयमा छलफल भयो।
- व्यवसायीहरूले दीपावलीपछि निर्माण कार्यलाई तीव्रता दिने र सुरक्षाको प्रत्याभूति दिन माग गरे।
काठमाडौँ । निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमूलक टोलीले आज गृहमन्त्री अर्याललाई भेटेको हो । भेटमा निर्माण उद्योगलाई चलायमान गराउने विषयमा छलफल भएको छ ।
निर्माणजन्य कार्यमा असुरक्षाको महसुस हुने वातावरण भएको भन्दै व्यवसायीहरूले ढुक्कसँग काम गर्नसक्ने वातावरण मिलाउन आग्रह गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले भेटबारे जानकारी दिँदै दीपावली पछि निर्माणका काममा तीव्रता दिन लागिएको र उश्रृङ्खल तत्त्वबाट बाधा अड्चन खडा गर्ने भएकाले सुरक्षाको प्रत्याभूति मिलाउन गृहमन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।
अध्यक्ष सिंहले भने, ‘दीपावली पछि निर्माणको काम तीव्रता दिँदैछौं । उश्रृंखल तत्त्वबाट अवरोध खडा गर्नसक्ने भएकाले गृहमन्त्रीको ध्यानाकर्षण गरायौँ । हामीले कार्यक्षेत्रमा गएर काम गर्नका लागि शान्ति सुव्यवस्था हुनप-यो भनेर गृहमन्त्रीसँग माग गरेका छौँ । गृहमन्त्रीले शान्ति सुरक्षाको पूर्णरुपमा अनुभूति हुनेगरी दिलाउने बताउनु भयो ।’
अध्यक्ष सिंहकाअनुसार शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने गृहमन्त्रीले भेटका क्रममा बताएका छन् । व्यवसायीहरूले कामका क्रममा भोग्नुपरेका कानूनी अड्चनका, समस्याबारेमा समेत गृहमन्त्रीसमक्ष जानकारी गराएका थिए । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण