१७ वर्षअघि व्यापारीको हत्या र डाँका मुद्दामा संलग्न महेन्द्र पक्राउ
सारांश
- सर्लाहीमा १७ वर्ष पुरानो व्यापारी हत्या मुद्दामा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।
- २०६३ माघमा व्यापारी राजेन्द्रप्रसाद चौधरीको हत्या र १६ हजार लुटपाटमा रायसहितको समूह संलग्न थियो।
- प्रहरीले कबिलासी नगरपालिकाका महेन्द्र रायलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
सर्लाही । सर्लाहीमा सत्र वर्षअघि भएको व्यापारी हत्या र डाँका मुद्दामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको कबिलासी नगरपालिका–६ निवासी महेन्द्र रायलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
२०६३ साल माघ ७ गते साँझ करिब ७ बजेतिर तत्कालीन जमुनिया गाविस–६ हाल कबिलासी नगरपालिका– ६ स्थित मदनपुर टोलका व्यापारी राजेन्द्रप्रसाद चौधरीको हत्या गरिएको थियो । चौधरी पसल बन्द गरी छोरा सन्तोषको मोटरसाइकलमा घर फर्किँदै गर्दा पनपिया पोखरी नजिकै रायसहितको समूहले उनीहरूलाई रोकेर १६ हजार लुटेको र त्यसपछि गोली प्रहार गरी चौधरीको हत्या गरेको अभियोग छ ।
घटनापछि मृतकका छोरा सन्तोष चौधरीले माघ ८ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दिएका थिए । त्यसयता महेन्द्र फरार थिए ।
१७ वर्षपछि,असोज ३१ गते दिउँसो करिब २ बजे सर्लाही प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक बयान लिएर सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु
-
१० बजे १० समाचार : बालेन सरकारको सय दिनदेखि उपसचिव र डीएसपीको सरुवासम्म
-
बजेट अभाव हुन दिँदैनौँ, काम नगर्ने ठेकेदारको सम्झौता रद्द गर्नुस् : मन्त्री लम्साल
-
महानगर अनुसन्धान शोधवृत्तिका लागि उम्मेदवार छनोट गर्दै काठमाडौँ महानगरपालिका
-
चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
-
स्ट्रेट अफ होर्मुजमा नौवहन सुरक्षाका लागि फ्रान्स र बेलायतले सैन्य सामग्री तैनाथ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण