सद्भाव र राष्ट्रिय एकता बलियो बनाऔँ : कार्यवाहक सभापति खड्का
सारांश
- कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तिहार र नेपाल संवत्को शुभकामना दिएका छन्।
- उनले नेपालको विविधता र यसले राष्ट्रिय एकतालाई बलियो बनाएको बताएका छन्।
- नेपाल संवत्को महत्व र शंखधर साख्वाको योगदानबारे उनले प्रकाश पारे।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपालीको महान् चाड तिहार तथा नेपाल संवत्को नयाँ वर्ष ११४६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
उनले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाडपर्व भएको मुलुक भएको उल्लेख गर्दै यस विविधताभित्रको सद्भाव र सहिष्णुताले राष्ट्रिय एकतालाई बलियो बनाएको बताएका छन्। तिहार अर्थात् यमपञ्चकका हरेक दिनले पारिवारिक र मानवीय सम्बन्धहरूमा सौहार्द र आत्मीयता कायम गर्न सहयोग पुगेको उनको भनाइ छ।
नेपाल संवत् ११४६ को सन्दर्भमा उनले यो बागमती सभ्यताको उत्थानकालको इतिहास र संस्कृतिको जीवन्त धरोहर भएको बताए। समाज सुधारक शंखधर साख्वाद्वारा गरिबहरूको ऋणमोचनमार्फत गरिएको महान् परोपकारी कार्यको सम्झनामा नेपाल संवत् सुरु भएको र साख्वाको उदारता, समर्पण र योगदानको कदर गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको पनि खड्काले उल्लेख गरे।
अन्तमा, अन्धकारमाथि उज्यालोको विजयको प्रतीक तिहार र नेपाल संवत्को नयाँ दिनले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै उनले सबैमा पुनः शुभकामना व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण