काठमाडौँ । यमपञ्चकको दोस्रो दिन आज मुलुकभर नरक चतुर्दशी र कुकुर तिहार मनाइएको छ । परम्परागतरुपमा आजका दिन नरक चतुर्दशी मनाउन स्थानीय धारा, पँधेरा, कुवा, खोला वा नदीमा नुहाएर तोरण टाँगी टपरीमा दियो बाली नर्के बगाइन्छ भने भैरवको वाहनका रुपमा कुकुरलाई पूजा गरी मिठो खाना खुवाइन्छ ।
_ZNzxCdP2tr.jpg)
हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रुपमा पनि लिने गरिन्छ । कुकुरलाई आदेशपालक, कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने जनावरका रुपमा लिइन्छ । आज घरघरमा कुकुरलाई माला लगाइ पूजा गरी मिठो खाना दिइएको छ ।
_xx73VI9XSK.jpg)
यसैबीच नेपाली सेनाको भक्तपुरको सानोठिमीस्थित भैरव वाहन गुल्ममा कुकुरलाई एकसाथ पूजा गरिएको छ । सो अवसरमा तालिमप्राप्त कुकुरबाट विभिन्न ‘सैनिक डग कला प्रदर्शनी’ तथा सांस्कृतिक प्रस्तुति गराइयो । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न निकायका प्रमुख र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो । उक्त गुल्म २०६० साल वैशाख १ गते स्थापना भएको थियो ।
_NoyzLMfgqU.jpg)
सो गुल्मले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा समेत कुकुर प्रयोग गर्दै आएको छ । हराएका हतियार फेला पार्न, बेपत्ता भएका नागरिकको खोजतलास, भूकम्प तथा प्राकृतिक प्रकोपमा हराएका वा पुरिएका व्यक्तिको खोजतलासमा पनि कुकुरको प्रयोगबाट सफलता मिल्दै आएको छ ।
_FHKVpMJ6KB.jpg)
_oLxLi9waR8.jpg)
_SviRsZffdU.jpg)
_h4OTVl9qVf.jpg)
_zjE5txYhWN.jpg)
_BTh7wpoSN2.jpg)
_Sic1gZowYG.jpg)
_lt2i5AMrkH.jpg)
_rjkHq6lpdS.jpg)
_7YPbyM4AnJ.jpg)
_37Z9IO64hC.jpg)
_yGnr1yHVhK.jpg)
_CjmtgiL2Ju.jpg)
_5Rdm8BwPSq.jpg)
_Wsz1kJ4Ec7.jpg)
_t8kXYcI96q.jpg)
_tU0vctUCqC.jpg)
प्रतिक्रिया