अन्तरिम सरकार खारेज गरी पूर्ण ‘जेनजी’ सरकार बनाउन माग
काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनका मागलाई बेवास्ता गरेको भन्दै वक्ताहरूले त्यसको विस्थापन गरेर पूर्ण जेनजी सरकार गठनको माग गरेका छन् ।
’राष्ट्रिय रक्ष जेनजी क्रान्ति सङ्घर्ष समिति एवं शान्तिदूत पक्षधर’ले सोमबार राजधानीको संवाद डबलीमा आयोजना गरेको खबरदारी कार्यक्रममा उनीहरूले अन्तरिम सरकार पुराना दलहरूको गलत रवैयाको संरक्षक बनेको आरोप लगाए ।
ब्रिटिस गोर्खा सैनिक न्याय अभियानकी पुष्पा घलेले अन्तरिम सरकारले आन्दोलनको म्यान्डेटविरुद्ध काम गरेको भन्दै तत्काल कुर्सी छाड्न माग गरिन्।
गोर्खा विकास बैंकका पूर्व सीईओ तथा जेनजी सल्लाहकार डा. अमोद डम्जनले कार्की नेतृत्वको सरकार पुरानै दलहरूको योजनामा फसेकोले परिवर्तन सम्भव नहुने भन्दै विस्थापनमा जोड दिए। उनले नेपालको जेनजी सङ्घर्ष विश्वव्यापी जेनजी आन्दोलनभन्दा मौलिक भएको स्पष्ट पारे ।
राजनीतिक विश्लेषक लाहानु राम चौधरीले ठुला दलहरूले दशकौँदेखि गरेको भ्रष्टाचारको परिणाम जेनजीले सडकमा लतारेको जिकिर गरे। उनले केपी, देउवा र प्रचण्डलाई अनुसन्धान नगर्नु नै भ्रष्टहरूलाई संरक्षण दिनु भएको आरोप लगाए।
एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरले युवाहरूको बलिदानमाथि देशी–विदेशी शक्तिले दुरुपयोग गरेको भन्दै देशलाई अस्थिर बनाउन खोज्ने ’रअ’ र ’सीआईए’ जस्ता खुफिया एजेन्सीको चलखेल रोक्नुपर्ने बताए ।
आयोजकका युवराज जंग थापाले जेनजी सङ्घर्ष उत्कर्षमा पुग्दा सेनाको सिफारिसमा कार्कीलाई प्रधानमन्त्री बनाएर आन्दोलन मत्थर पार्ने प्रयास भएको बताए ।
उनीहरूले वर्तमान सरकारलाई विस्थापित गरेर ’मौलिक वैज्ञानिक सत्ययुगमा देश हाँक्ने’ लक्ष्यसहित पूर्ण जेनजी सरकार बनाउनुपर्ने माग दोहोर्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण