कृत्रिम खुट्टाको सहायताले बुढामगरद्वारा छैटौँ शिखरको सफल आरोहण
सारांश
- नेपाली आरोही हरि बुढामगरले कृत्रिम खुट्टाको सहायताले छैटौँ शिखर कार्स्टेन्स पिरामिडको सफल आरोहण गरेका छन्।
- उनले सेभेन समिट अभियान अन्तर्गत सात महाद्वीपका अग्ला शिखर चढ्ने क्रममा यो सफलता हासिल गरेका हुन्।
- २०१० मा अफगानिस्तान युद्धमा खुट्टा गुमाएका बुढामगरले मानवीय क्षमताको उदाहरण प्रस्तुत गर्दै डिसेम्बरमा अन्तिम लक्ष्यको लागि प्रस्थान गर्दैछन्।
काठमाडौँ । कृत्रिम खुट्टाको सहायताले सातै महाद्वीपका सात अग्ला शिखरको आरोहणको यात्रामा रहेका नेपाली कीर्तिमानी आरोही तथा पूर्व गोर्खा सैनिक हरि बुढामगरले छैटौँ शिखर कार्स्टेन्स पिरामिड (पुन्काक जया) को सफल आरोहण गरेका छन्।
अक्टोबर १८ तारिख बिहान ७ बजे ओसिनियाको सबैभन्दा अग्लो यो शिखरमा पुगेर उनले कृत्रिम खुट्टाको सहायताले यो हिमाल चढ्ने पहिलो व्यक्तिको कीर्तिमान बनाएका छन्। सेभेन समिट अभियान अन्तर्गत विश्वका सातै महाद्वीपका अग्ला शिखर चढ्ने उनको यात्रामा यो छैटौँ सफलता हो। उनले कार्स्टेन्स पिरामिडलाई सात शिखरमध्ये सबैभन्दा प्राविधिक रूपमा चुनौतीपूर्ण रहेको बताए।
बुढामगरले हालसम्म मोन्ट ब्लांक, माउन्ट किलिमन्जारो, माउन्ट एभरेस्ट, डेनाली, एकोनकागुवा र कार्स्टेन्स पिरामिड (४,८८४ मि.) को आरोहण गरिसकेका छन्।
सन् २०१० मा अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका बुढामगरले कृत्रिम खुट्टाको सहायताले आफ्नो साहसिक यात्रालाई निरन्तरता दिँदै मानवीय सामर्थ्यको एक अद्वितीय उदाहरण प्रस्तुत गरेका छन्।
उनले आफ्नो सफलताका लागि सबै सहयोगीलाई धन्यवाद दिँदै ‘हामी साथ रह्यौँ भने असम्भव भन्ने केही पनि छैन’ भन्ने प्रेरणा दिएका छन्। अब उनी आफ्नो अन्तिम लक्ष्य अन्टार्कटिकाको माउन्ट भिन्सन (४,८९२ मि.) आरोहणका लागि आगामी डिसेम्बरमा प्रस्थान गर्दैछन् र थप सहयोगको अपेक्षा राखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण