रुसी तेल आयात बन्दै गर्दै ईयू
काठमाडौँ । यूरोपेली सङ्घ (ईयू)ले रुसबाट इन्धन आयात पूरै बन्द गर्ने भएको छ । २०२८ को जनवरी १ देखि ईयूले रूसबाट हुने सबै खाले इन्धन आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । लक्जमबर्गमा आयोजित ईयूका ऊर्जा मन्त्रीहरूको बैठकमा यो निर्णय गरिएको हो ।
ईयूका लगभग सबै सदस्य देशहरूले युरोपेली आयोगको प्रस्तावलाई समर्थन गरेका छन् । यो प्रस्ताव युरोपलाई ऊर्जामा आत्मनिर्भर बनाउने दिशामा निर्णायक कदम भएको ईयू परिषद्को अध्यक्षता गर्ने डेनमार्कका ऊर्जा मन्त्री लार्स अगार्डले बताए ।
यो प्रतिबन्ध पाइपलाइन मार्फत आयात गरिने तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) दुवैमा लागू हुनेछ । २०२६ को जनवरी १ देखि रूसी ग्यासको आयात बन्द हुनेछ ।
तर पहिला देखि नै चलिरहेको छोटो अवधिका सम्झौताहरूलाई २०२६ को जुनसम्म छुट दिइनेछ । दीर्घकालीन सम्झौताहरू भने २०२८ सम्म जारी रहन सक्ने भनिएको छ ।
रूस–युक्रेन युद्ध शुरु भएयता रूसले ग्यास आपूर्तिलाई हतियारको रूपमा प्रयोग गरेको अनि आपूर्तिमा बारम्बार अवरोधहरू आएपछि ईयूले यो कदम चालेको हो ।
यो कदम ईयूलाई पुनः बलियो बनाउने रोडम्यापको अंश हो, जसको उद्देश्य रूसमाथिको ऊर्जा निर्भरता पूर्ण रूपमा हटाउनु रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण