तिहारमा झिनियाको माग उच्च
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब रु दुई लाखको झिनिया बिक्री गरे ।
मङगलाघाटकै कल्पना श्रेष्ठलाई पनि झिनिया बनाउन भ्याइनभ्याइ छ । हरिकुमार र कल्पना मात्र नभई बेनीका उद्यमीहरूका लागि झिनिया आम्दानीको स्रोत बनेको छ ।
“तिहारका लागि झिनीयाको माग बढेकाले भ्याई नभ्याई भएको हो,” हरिकुमारले भने, “तिहारको समयमा धेरै माग र खपत हुने झिनिया अन्य समयमा पनि राम्रै बिक्री भइरहेको छ ।”
हेर्दा आकर्षक, खानालाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनिया रोटीको खपत धेरै हुनेगर्छ । तिहारका लागि दसैँ सकिएदेखिनै झिनिया बनाउन थालेकी उद्यमी कल्पनाले माग धान्न मुस्किल परेको बताए ।
“पोखराबाट रु दुई लाखको झिनियाको माग आएको थियो,” उनले भने,“राम्रोसँग घाम नलाग्दा पोखराको माग पुर्याउन सकिएन् । बेनीकै ग्राहकलाई बल्लतल्ल पुर्याएको छु ।”
दसैँलगत्तै बेनीका उद्यमीले तिहारका लागि झिनिया बनाउन थालेका थिए । चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई दुई दिनसम्म घाममा सुकाएपछि झिनिया तयार हुन्छ ।
झिनिया घ्यू, तेलमा फ्राई गरेर खानयोग्य हुन्छ । प्रति १२ वटा झिनियालाई रु एक सय ५० का दरले बिक्री हुने गरेको छ । चाडपर्व र आफन्तलाई भेट्न जाँदा झिनिया कोसेली लैजाने चलन छ । झिनियालाई खाजाको परिकारको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
घरमा बनाउन झञ्जट हुने, बिग्रने डर तर कोसेली लैजान सजिलो हुने भएकाले झिनिया रोजाइमा परेको बेनीका उपभोक्ता नवीन घिमिरेले बताए । बेनीका झिनिया उत्पादक तथा व्यापारीका अनुसार तिहारको समयमा एक जनाले रु दुई लाखदेखि तीन लाखको झिनिया बिक्री गर्छन् ।
सदरमुकाम बेनीमा झिनिया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या २५ भन्दा धेरै छ । झिनिया बनाउन तीन जना जनशक्ति आवश्यक पर्छ । एक दिनमा तीन जनाले ३० दर्जनसम्म झिनिया बनाउन सक्छन् ।
घरायसी कामबाट बचेको फुर्सदको समय सदुयोग हुनुका साथै झिनिया बेचेर भएको आम्दानीले घर व्यवहार चलाउन सजिलो भएको उद्यमीहरूले बताएका छन् ।
झिनिया बनाउने मेसिन, तालिम र सुरक्षित भण्डारणका लागि औजार उपकरणको व्यवस्था भएमा सहज हुने उद्यमी हरिकुमार श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण