पुरानो रिसिइबीले लियो ज्यान
बुधबार, ०५ कात्तिक २०८२, १५ : ३०
सारांश
- संखुवासभामा ५५ वर्षीय कर्ण बहादुर कुमालको हत्यामा २६ वर्षीय विक्रम कुमाल पक्राउ परेका छन्।
- पुरानो रिसिइबीका कारण विक्रमले खुकुरी प्रहार गर्दा कर्णको घटनास्थलमै मृत्यु भएको थियो।
- प्रहरीले घटनाको अनुसन्धान गर्दै विक्रमलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ।
संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका-९ मा ५५ वर्षीय कर्ण बहादुर कुमालको हत्यामा संलग्न २६ वर्षीय विक्रम कुमाललाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ बिक्रमले आफ्नै घर नजिक आएका कर्णलाई पुरानो रिसिइबीका कारण आवेशमा आई खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
घटनाबारे जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ ।
हत्यामा संलग्न विक्रम कुमाललाई खुकुरीसहित नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण