अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम
सारांश
- झापामा कात्तिक १५ देखि २२ गतेसम्म अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ।
- प्रतियोगिता शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा हुने र प्यारापिट सजाउने कार्य भइरहेको छ।
- प्रतियोगितामा नेपाल र अन्य देशका टोलीहरू सहभागी हुनेछन्, विजेतालाई रु १० लाख पुरस्कार रहेको छ।
झापा । यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ ।
आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताए । उनले रङ्गशालाको प्यारापिटमा ३०० जनालाई बस्नका लागि प्लास्टिकका कुर्सी जडान भइरहेको बताए ।
शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ थोप्राले प्रतियोगिता सञ्चालनका लागि रङ्गशालाको पक्की प्यारापिटलगायत भौतिक निर्माणका काम द्रुतगतिमा भएको बताए । झापाको इतिहासमा पहिलोपटक अन्तरराष्ट्रिय गोल्डकप प्रतियोगिता सञ्चालन हुन लागेकाले यसलाई भव्य रूपमा सम्पन्न गर्न सबैले सहयोग गरिरहेको उनले बताए ।
प्रतियोगिता सञ्चालनका लागि रु एक करोड खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस क्लब, अन्य तीन वटा ए–डिभिजन क्लब र भारत, भूटानलगायतका देशका टोलीहरू सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीलाई रु १० लाख र उपविजेतालाई रु पाँच लाख पुरस्कार रहेको छ । सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई रु २५–२५ हजार प्रदान गरिने र ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई रु १५ हजार प्रदान गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण