१० बजे १० समाचार : जेनजीहरूकाे प्रदर्शन, कांग्रेसको मुखमै आइसकेको ‘सीएम’ पद गुम्यो
आज २०८२ कात्तिक ७ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
- माओवादी र एकीकृत समाजवादीबिच एकता : बहुपदीय नहुने
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितको पार्टी एकता अन्तिम चरणमा पुगेको दुवै पक्षका नेताहरूले दाबी गरेका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको अन्तिम मिति कात्तिक ३० गते अगावै एकता सम्बन्धमा टुङ्गो लगाउनेगरि प्रक्रिया अगाडि बढेको उनीहरूले दाबी गरेका हुन् ।
नेपाली कांग्रेसमा ‘विशेष महाधिवेशन’ माग्दै हस्ताक्षर सङ्कलन गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएकाहरू अहिले ‘पर्ख र हेर’को अवस्थामा छन् । केन्द्रीय कार्यसमिति बैठक जारी रहेकाले बैठकले के गर्छ भन्ने पर्खाइमा उनीहरू छन् ।
- कांग्रेसको मुखमै आइसकेको मधेसको मुख्यमन्त्री पद गुम्यो
यस चाडपर्वको समयमा यदि कोही सबैभन्दा दुःखी छन् भने, ती हुन् मधेस प्रदेशका कांग्रेस सभापति कृष्ण यादव। कारण ( उनको मुखमै आइसकेको मधेस प्रदेशको मुख्यमन्त्री पद गुमेको छ ।
- प्रदेश सरकार मन्त्रालय घटाउन तयार
सरकारको नेतृत्व मुख्य तिन दलहरू बाहेक अन्यत्र जान सकेको छैन भने पटक पटक गरेर उक्त दलहरू मन्त्रालय विभाजनको भागिदार बन्दै आएका छन् । पछिल्लो पटक विशेष गरी प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सार्वजनिक खर्च कटौती र सुशासनका लागि मन्त्रालयको सङ्ख्या घटाउनुपर्ने विषयलाई प्रमुख मुद्दा बनाएको छ भने सत्तारुढ दल कांग्रेस र एमाले पनि मन्त्रालय घटाउने विषयमा अघि बढेका छन् ।
- एमालेमा ३ हजार हाराहारी महाधिवेशन प्रतिनिधि छनोट हुने
केही दिनभित्रै नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसेर ११ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको विधि र मापदण्ड निर्धारण गर्ने भएको छ ।
गत असोज ३१ गते सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको कार्यतालिका र महाधिवेशन छनोट विधि तय गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
-
सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
-
एसीसी महिला प्रिमियर कपमा थाइल्याण्डसँग हार्यो नेपाल
-
एनसेलको नख्खुस्थित डाटा सेन्टरलाई विश्वस्तरीय 'एएनएसआई/टीआईए–९४२–सी' प्रमाणीकरण
-
इजरायली सैनिक र तालिमप्राप्त कुकुरद्वारा प्यालेस्टिनी बन्दीहरूमाथि योजनाबद्ध यौन हिंसा
-
क्यानडामा नक्कली लाइसेन्सको भरमा १७ वर्ष विमान उडाउने पूर्वपाइलट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण