गायिका आत्महत्या प्रकरण : बाबुल गिरी पुगे प्रहरी परिसर
सारांश
- गायक बाबुल गिरी गायिका नीतु पौडेलको निधनपछि प्रहरीको सम्पर्कमा पुगेका छन्।
- पौडेलले गिरीको स्टुडियोमा आगो लगाएर आत्महत्याको प्रयास गरेकी थिइन्।
- यसअघि पनि गिरीलाई सोधपुछका लागि प्रहरीले बोलाएको थियो।
काठमाडौँ । गायक तथा सङ्गीतकार बाबुल गिरी (धनबहादुर) जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका छन् । गत शनिबार आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको शुक्रबार बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटल’ मा निधन भएपछि उनी प्रहरी सम्पर्कमा पुगेका हुन् ।
उनी प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी परिसरले जानकारी दियो । यसअघि पनि पौडेलका आत्महत्या प्रयासमा सङ्गीतकार गिरी (धनबहादुर)लाई सोधपुछका निम्ति जिल्ला प्रहरी परिसरमा बोलाइएको थियो ।
पौडेलले शनिबार दिउँसो अनामनगरस्थित गिरीको स्टुडियोमै शरीरमा आगो लगाएर गायिका आत्मदाह प्रयास गरेकी थिइन् । सो घटनामा गिरी पनि सामान्य घाइते भएका थिए । गिरीलाई कीर्तिपुरस्थित बर्न अस्पतालले शनिबार नै डिस्चार्ज दिएको थियो । डिस्चार्ज लगत्तै केही सोधपुछका निम्ति भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण