एकीकृत समाजवादी : पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने
सारांश
- एकीकृत समाजवादीले कात्तिक १२ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाएको छ।
- बैठकमा वामपन्थी शक्तिहरूसँगको एकता र पार्टीको सैद्धान्तिक दृष्टिकोणबारे छलफल हुनेछ।
- निर्वाचनको वातावरण बनाउन लोकतान्त्रिक शक्तिहरूसँग संवाद र सहकार्य गरिनेछ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले यही कात्तिक १२ गते केन्द्रीय कमिटी बैठक काठमाडौँमा बोलाएको छ । विभिन्न वामपन्थी शक्तिसँग एकताका लागि आएको प्रस्तावमा छलफल गर्न बैठक बोलाइएको हो ।
वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याउन केन्द्रित हुने बैठकमा एकतापछिको पार्टीको सैद्धान्तिक दृष्टिकोण, नेताहरूको व्यवस्थापनलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
वैचारिक विवाद, सङ्गठनको आन्तरिक द्वन्द्व केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने भएको छ । पार्टीका अधिकांश नेताहरूले अहिले केही कम्युनिस्टलाई पार्टी एकीकृत गर्न अगाडि सबै वामपन्थीबिच ध्रुवीकरणका लागि गृहकार्य गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, निर्वाचन प्रक्रियामा सक्रिय रुपमा लाग्न पार्टी र जनवर्गीय सङ्गठनका सबै कमिटीलाई परिचालन गर्ने बैठकले वर्तमान सङ्कटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति तथा पार्टीबिच संवाद र सहकार्य अघि बढाउने जिम्मेवारी दिने छ ।
समाजवादी मोर्चामा आबद्ध दललगायत अन्य वामपन्थी शक्तिबिच एकताको गृहकार्य गरेको एकीकृत समाजवादीलाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न आह्वान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण