बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कम्युनिस्टहरूबिच एकताको आवश्यकता थप बढेको छ : विप्लव

शुक्रबार, ०७ कात्तिक २०८२, १६ : १५
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्टहरूबीच एकताको आवश्यकता बढेको बताए।
  • उनले एकता विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण र जीवन व्यवहारको एकरूपतासँग सम्बन्धित भएको उल्लेख गरे।
  • विप्लवले देशभक्त, समाजवादी र कम्युनिस्ट शक्तिहरूबीच मोर्चा निर्माणको आवश्यकता औंल्याए।

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्टहरूबिच एकताको आवश्यकता थप बढेको बताएका छन् । 

समाजवादी मोर्चा र अन्य सहमत पार्टीहरूबिचको एकताबारे अनेक प्रचार भइरहेको भन्दै उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पार्टीको धारणा उल्लेख गरेका हुन् । 

उनले भने,'एकता संगठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवन व्यवहार, संस्कृतिसहितको एकरूप बुझाइसँग सम्बन्धित छ । यी विषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन् तर टुङ्गो लागिसकेको छैन ।'

उनले कुनै पार्टीहरूबिच एकता हुने विषयलाई सकारात्मक रूपमा लिनुपर्ने समेत बताए । कम्तीमा कम्युनिस्टहरूबिच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तर्विरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको सङ्घीयता) स्थापना गर्न संयुक्त मोर्चा र सहकार्यको नीतिमा काम गर्नुपर्नेमा उनले जोड दिए । 

देशको स्वाधीनता गम्भीर सङ्कटमा परेको स्थितिमा सबै देशभक्त,समाजवादी,कम्युनिस्ट शक्तिहरूबिच मोर्चा निर्माणमा अग्रसर हुनुपर्ने समेत उनले बताए । 

biplab

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप