बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनसेलको नख्खुस्थित डाटा सेन्टरलाई विश्वस्तरीय 'एएनएसआई/टीआईए–९४२–सी' प्रमाणीकरण

बुधबार, २७ जेठ २०८३, १० : ३६
बुधबार, २७ जेठ २०८३

काठमाडौं । ललितपुरको नख्खुमा सञ्चालित एनसेल बिजनेसको अत्याधुनिक डाटा सेन्टरले विश्वकै प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ प्राप्त गरेको छ । 

यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त टीयर थ्री प्रमाणीकरण पाएसँगै डाटा सेन्टरले आफ्नो विश्वसनीयता, सुरक्षा र गुणस्तरको उच्च मापदण्डलाई विश्वस्तरमा स्थापित गरेको एनसेलले जनाएको छ । 

यो प्रमाणीकरणले एनसेल डाटा सेन्टरको डिजाइन र निर्माण ‘रेटिङ थ्री’ को कडा मापदण्डअनुसार रहेको पुष्टि गर्ने कम्पनीको भनाइ छ । यसको मुख्य विशेषता भनेको संवेदनशील कार्य सञ्चालनका लागि आवश्यक उच्च उपलब्धता र प्रतिकूल परिस्थितिमा पनि छिट्टै पुनःस्थापना हुन सक्ने क्षमता हो । ९९.९८२ प्रतिशत अपटाइम सुनिश्चित गर्ने यो डाटा सेन्टरलाई यसरी डिजाइन गरिएको छ कि पूर्व निर्धारित मर्मतसम्भार वा कुनै आकस्मिक प्राविधिक समस्या उत्पन्न हुँदा पनि सेवामा कुनै अवरोध आउँदैन । पूर्ण रूपमा ब्याकअप विद्युत आपूर्ति, कुलिङ र नेटवर्क प्रणालीमार्फत यसले निरन्तर सेवाको ग्यारेन्टी गर्ने कम्पनीको भनाइ छ ।

यस उपलब्धिको बारेमा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो प्रमाणीकरण एनसेल र नेपालकै लागि एउटा कोशेढुङ्गा भएको बताए । उनका अनुसार, नेपालबाट डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटीमा यो स्तरको टीआईए प्रमाणीकरण पाउने एनसेल पहिलो संस्था हो ।

विश्वस्तरीय डिजिटल पूर्वाधार उपलब्ध गराउँदै स्थानीय व्यवसायलाई विस्तार गर्न आत्मविश्वास दिने र सरकारको डिजिटल रूपान्तरणको लक्ष्यलाई सघाउने एनसेलको प्रतिबद्धता रहेको उनले स्पष्ट पारे । अब नेपालकै सुरक्षित र सधैँ उपलब्ध रहने सेवामा विभिन्न संवेदनशील क्षेत्रका ग्राहकहरूले निर्धक्क भएर भरोसा गर्न सक्नेछन् ।
टेलिकम्युनिकेशन इन्डष्ट्री एसोसिएसन (टीआईए) बाट अधिकार प्राप्त अडिट संस्था डाटा सेन्टर मिडिया एलएलपीले यो मूल्यांकन तथा प्रमाणीकरण गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप