प्रचण्डको सचिवालयले भन्यो–कुनै पनि दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय भएको छैन
सारांश
- प्रचण्डको सचिवालयले कुनै पनि दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय नभएको जनाएको छ।
- एकीकृत समाजवादीलगायतका पार्टीहरूसँग एकताको चर्चा चलिरहेको बेला सचिवालयको यस्तो भनाइ आएको हो।
- माओवादी केन्द्रले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता र संयुक्त मोर्चा निर्माणका लागि छलफल गरिरहेको जनाएको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कुनै पनि दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय भइनसकेको बताएको छ ।
पार्टी एकताबारे विभिन्न पार्टीसँग बृहत् छलफल भए पनि कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुङ्गो लाग्न बाँकी रहेको सचिवालयले जनाएको छ ।
माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी िलगायत पार्टीहरूसँग एकताको चर्चा भइरहेकावेला प्रचण्डको सचिवालयले यस्तो बताएको हो ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता बमोजिम समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरूबिच नेपाली समाजवादी क्रान्तिका कार्यभार पुरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा साङ्गठनिक विषयहरूमा घनिभूत छलफल जारी छ,प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले भने, यद्यपि कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुङ्गो लागिसकेको छैन ।
विभिन्न समयमा नेपाली जनताको अगुवाइमा भएका क्रान्ति र सङ्घर्षहरूलाई रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा माओवादी केन्द्रको ठहर रहेको समेत उनले बताए ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भनेको छ, “इतिहासको सोही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुङ्गो नलागेकाले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको स्पष्ट गर्दछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण