मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पुरुषको मृत्यु
शनिबार, ०८ कात्तिक २०८२, १८ : ३४
विराटनगर । मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका सुन्दरहरैंचा–७ का ३२ वर्षीय जितप्रसाद सापकोटाको उपचारका क्रममा मृत्यु भएको छ ।
उनी लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । सापकोटाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
सापकोटालाई असोज २७ गते अचानक शरीर सुन्निने र सास फेर्न गाह्रो भएपछि कोशी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि कोशी अस्पतालले कार्तिक ६ गते उनलाई नोबेल अस्पताल रेफर गरेको थियो ।
चिकित्सकका अनुसार सापकोटाको फोक्सोमा पानी जमेको र कलेजो खराब भएको थियो । गत साउन १२ गतेदेखि उनी मोरङ कारागारमा थिए । हाल जिल्ला कारागार मोरङमा १ हजार १८७ जना कैदीबन्दी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण