मलेसिया पुगे ट्रम्प, रेड कार्पेटमा गरे डान्स
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन्।
- ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीचको सीमा विवाद समाधानका लागि आयोजित शान्ति सम्झौतामा हस्ताक्षर गर्नेछन्।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भर्चुअल माध्यमबाट शिखर सम्मेलनमा सहभागी हुनेछन्।
क्वाललम्पुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन् । उनी थाइल्यान्ड र कम्बोडियाबिच लामो समयदेखि चलिरहेको सीमा विवादको समाधानका लागि आयोजित शान्ति सम्झौतामा हस्ताक्षर समारोहमा भाग लिनेछन् ।
ट्रम्प एसोसिएसन अफ साउथ ईस्ट एशियन नेशन्स (आसियान) शिखर सम्मेलनमा पनि सहभागी हुनेछन् । ट्रम्पलाई मलेसिया पुग्दा उनको स्वागतमा परम्परागत नृत्यको आयोजना गरिएको थियो । उनी स्वयं कलाकारहरूको समूहमा गएर उनीहरूसँग नाचेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने यस शिखर सम्मेलनमा व्यक्तिगत रूपमा सहभागी हुने छैनन् र भर्चुअल माध्यमबाट जोडिनेछन् ।
ट्रम्पको व्यापारिक दबाबका कारण जुलाई महिनाको अन्त्यमा दुई (थाइल्यान्ड र कम्बोडिया) देशबिच पाँच दिन चलेको सङ्घर्षपछि युद्धविराम भएको थियो । सो संघर्षमा दुई दर्जनभन्दा बढी मानिस मारिएका थिए ।
डोनाल्ड ट्रम्पको यस एक हप्ता लामो एसिया भ्रमणमा धेरै देशको नजर टिकेको छ । यसै क्रममा उनी चीनका राष्ट्रपति सी जिनपिङसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण