जेनजी प्रदर्शनमा लुटेको हत्कडीसहित एक जना पक्राउ
आइतबार, ०९ कात्तिक २०८२, १५ : ५४
सारांश
- काठमाडौंको गोकर्णेश्वरबाट प्रहरीले हत्कडीसहित एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा झापाका २९ वर्षीय साजन श्रेष्ठ छन्, जसले बालाजुमा बसोबास गर्दै आएका थिए।
- श्रेष्ठले जेनजी प्रदर्शनको क्रममा प्रहरीको हत्कडी लुटेको आरोप छ, प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–७ स्थित दक्षिण ढोकाबाट हत्कडीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–२ घर भएर बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठ छन् ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा श्रेष्ठले प्रहरीको हत्कडी लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आरोपीको साथबाट हत्कडी र चाबी बरामद गरेको छ । उनीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण